तरलता व्यवस्थापनको लागि ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं, ३२ जेठ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट आज पनि ३० अर्ब रुपैयाँ तन्दैछ । निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम खिच्न लागेको हो।
यसका लागि आज मध्याह्न १२ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ।
घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरि बोलकबोल गर्न सकिने राष्ट्र बैंकको जनाएको छ।
हिजो (बिहीबार) पनि प्रणालीबाट राष्ट्र बैंकले ३५ अर्ब तरलता खिचेको थियो।