Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

साताकाे अन्तिमदिन घट्याे नेप्से, घटेकाे बजारमा ६ अर्ब ४४ कराेडकाे काराेबार

साताकाे अन्तिमदिन घट्याे नेप्से, घटेकाे बजारमा ६ अर्ब ४४ कराेडकाे काराेबार

काठमाडाैं, ३१ जेठ । साताकाे अन्तिम काराेबार दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले घटेकाे छ । आज नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा बन्द भएको छ ।

आज ९४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १४७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ५ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

आज समृद्धि फाइनान्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने मिड शाेलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेकाे छ ।

बजार घटेपनि आज काराेबार मूल्य भने बढेकाे छ । यस दिन १४ लाख २९ कराेड ४ हजार ७१२ कित्ता सेयर ६ अर्ब ४४ कराेड ३० लाख रूपैयाँमा काराेबार भएकाे छ । बुधबार पाँच अर्ब ८९ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको थियो

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x