Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

नेशनल लाईफ इन्स्योरेन्सकाे तीन दिने तालिम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सकाे तीन दिने तालिम सम्पन्न

काठमाडाैं, ५ असार । नेशनल लाईफ इन्स्योरेन्स कं.लि.(NLICL), काठमाडाैंकाे लाजिम्पाटमा यहिँ असार २, ३ र ४ गते आफ्ना वरिष्ठ कर्मचारीहरुका लागि स्वस्थ्य र सन्तूलित जीवन प्रवर्द्वन गर्ने प्रयोजनले एक बहू-आयामिक प्रशिक्षण प्रदान गरेको छ ।

यो प्रेरणादायी प्रशिक्षणबाट कर्मचारीहरुको व्यक्तिगत एवंम् व्यवसायीक विकाश हूने र कम्पनीको लागि समेत उपयोगी हूने अपेक्षा गरिएको छ । विविध पक्षलाई समेटेर तयार गरिएको यो प्रशिक्षणबाट व्यक्ति र संस्था दूबैको व्यवासायीकतामा बृद्धि हूने र कर्मचारीहरुलाई स्वस्थ्य वातावरणमा नवीनतम् ढंगले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान गर्नेछ ।

तालिमको नेतृत्व आर्ट अफ लिभिङ नेपालका कर्पोरेट कार्यक्रम निर्देशक नीभा एम. प्रधानले गरेकी थिइन् । प्रधान एक सम्मानित अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक हुन्, जसको बैंकिङ क्षेत्रमा उच्च व्यवसायीक पृष्ठभूमि रहेको छ । कर्जा पोर्टफाेलियोहरु प्रबन्ध गर्न र व्यवस्थापन तालिमहरु सञ्चालन गर्न उनीमा विशेषता छ । उनको विशेषता र अनूभवले यो कार्यक्रमलाई सफल पार्न बहूमूल्य सहयोग प्रदान गरेको छ । साथै यस कार्यक्रममा वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र सम्झना खरेलले पनि सहयोगी भूमिका निर्वाह गरेका थिए ।

आर्ट अफ लिभिङसँग यस्ता कार्यक्रमहरु सम्बन्धी चालिस वर्षभन्दा वढि समयावधिको सफल अनूभव रहेको र विश्वभरका लगभग १८६ देशहरुमा यी कार्यक्रम कार्यान्वयन गरिएको छ । यी कार्यक्रमहरु विश्व स्वास्थ्य संगठनको वेलनेश मोडेलसंग मेल खाने हिसावले तयार गरिएको छ । यस कार्यक्रमबाट सहभागीहरुलाई रोग र तनाव-मूक्त गरी समग्र स्वास्थ्य र कल्याणलाई बढावा दिने साथै कर्मचारीहरुमा उनीहरुको मानसिक अवस्था, कार्य सम्पादन, उर्जा स्तर, निर्णय लिने, समय व्यवस्थापनमा उल्लेखनीय सूधारहरु हूनेमा कम्पनी विश्वस्त रहेको छ ।

नीभा एम. प्रधानले भने, “कर्मचारीहरुलाई प्राथमिकता दिने संस्थाहरुको बढ्दाे संख्या देखेर हामी हर्षित छाैँ । हाम्रो समग्र प्रशिक्षण प्याकेज व्यक्ति र संस्था दूबैको लागि अधिकतम र दिगो फाइदाहरु प्रदान गर्ने हिसावले बनाइएको छ । समय तथा लगानीको अधिकतम परिणामको सूनिश्चित गर्न कार्यक्रम सम्पन्न भए पश्चात् थप तालिम सत्रहरु सञ्चालन गर्न संस्था प्रतिवद्ध छ ।”

कार्यक्रमको समापन समारोहमा कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहका साथै आर्ट अफ लिभिङ नेपालका अध्यक्ष  सिद्धेश्वर कूमार सिंहको उपस्थिति रहेकाे थियो ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सफलताको लागि स्वस्थ उत्प्रेरणा आवश्यक छ भन्ने मान्यता राख्दै आफ्ना कर्मचारीहरुलाई यस्तो उच्च स्तरको तालिम प्रदान गर्न पाउंदा कम्पनी गौरवान्वीत रहेकाे बताइएकाे छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x