Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

मुलुककाे आयात र निर्यात व्यापार तीन वर्ष यताकै न्यून

मुलुककाे आयात र निर्यात व्यापार तीन वर्ष यताकै न्यून

काठमाडाैं, ८ असार । चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ ।भन्सार विभागकाे तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा करिब २ प्रतिशतले घटेकाे हाे ।यो पछिल्लो तीन वर्षयताकै कम व्यापार हो ।

गएको आर्थिक वर्ष जेठ मसान्तसम्म १६ खर्ब २४ अर्ब ५७ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८र७९ को जेठ महिनासम्म १९ खर्ब ४९ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो ।

यस वर्ष आयात र निर्यात दुवै व्यापार तीन वर्षयताकै कम भएको छ । चालू वर्षको जेठ महिनासम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँको आयात व्यापार भएको छ । गएको आर्थिक वर्षको जेठ मसान्तसम्ममा १४ खर्ब ८१ अर्ब बराबरको आयात भएको थियो । आर्थिक वर्ष २०७८र७९ को जेठ महिनासम्म १७ खर्ब ६३ अर्ब रूपैयाँको आयात भएको थियो ।

यस्तै चालू वर्षको जेठ मसान्तसम्ममा एक खर्ब ३९ अर्ब रुपैयाँको निर्यात व्यापार भएको छ । गएको वर्ष यही अवधिमा एक खर्ब ४३ अर्ब रुपैयाँ र आर्थिक वर्ष २०७८र७९ को जेठ महिनासम्म एक खर्ब ८५ अर्ब रुपैयाँको निर्यात व्यापार भएको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x