Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अब घरजग्गा खरिद ब्रिकी तथा बैंकिङ सेवा लिन राष्ट्रिय परिचयपत्र आनिवार्य

अब घरजग्गा खरिद ब्रिकी तथा बैंकिङ सेवा लिन राष्ट्रिय परिचयपत्र आनिवार्य

काठमाडाैं, ११ असार । अब घरजग्गा खरिदबिक्रि तथा बैंकिङ सेवा लिन राष्ट्रिय परिचयपत्र आनिवार्य चाहिने भएकाे छ । गृह मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशन गर्दै माघ १ गतेदेखि लागु हुने गरी राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको हो।

यसैगरी माघ १ गतेदेखि नै टेलिफोन तथा सिमकार्ड सेवामा समेत राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। राजस्व सम्बन्धी अर्थात् व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्र सम्बन्धी, कम्पनी दर्ता तथा नवीकरण सम्बन्धी, बैंकिङ तथा वित्तीय सेवा सेवा सम्बन्धी, टेलिफोन तथा सिमकार्ड सम्बन्धी, सामाजिक सुरक्षा कोष सम्बन्धी र घरजग्गा किनबेच सम्बन्धी काम गर्न देशैभर लागु हुने गरी राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको सुचनामा उल्लेख छ ।

यस्तै सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा र निवृत्तिभरण सम्बन्धि सेवामा काठमाडौंसहित २८ जिल्लामा साउन १ गतेदेखि नै राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछ ।

यी सेवाका लाग थप ३८ जिल्लामा माघ १ देखि र बाँकी ११ जिल्लामा २०८२ साउन १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x