Date

मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

सिटिजन्स बैंकको नाफामा २०.६० प्रतिशतको गिरावट, आम्दानीमा सुधार

सिटिजन्स बैंकको नाफामा २०.६० प्रतिशतको गिरावट, आम्दानीमा सुधार

काठमाडाैं, ७ वैशाख । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। तर, यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २०.६० प्रतिशत कम हो। गत वर्षको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी यस अवधिमा ११.५८ प्रतिशतले वृद्धि भएर ४ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको ब्याज आम्दानी ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ रहेको थियो।

तर, बैंकको सञ्चालन आम्दानी २८.३४ प्रतिशतले घटेर १ अर्ब ३३ करोड ४१ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यो आम्दानी १ अर्ब ८६ करोड १७ लाख रुपैयाँ थियो।

बैंकको इम्पेयरमेन्ट चार्ट पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ, जुन ९८ करोड ५७ लाखबाट बढेर २ अर्ब १६ करोड ४० लाख रुपैयाँ पुगेको छ।

सिटिजन्स बैंकको चुक्ता पूँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ रहेको छ। यसका साथै, बैंकको जगेडा कोषमा ७ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ जम्मा भएको छ। प्रतिसेयर आम्दानी ८.६८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५२.७५ रुपैयाँ छ। बैंकको वितरणयोग्य नाफा १६ करोड २६ लाख रुपैयाँ रहेको छ। एनपीएल (नन परफार्मिङ लोन) ५.७१ प्रतिशत पुगेको छ, जुन व्यवस्थापनका लागि चुनौतीपूर्ण मानिन्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *