Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

नेपाल बैंक लिमिटेडको नाफा २०३८.५ प्रतिशतले वृद्धि, वित्तीय स्थितिमा उल्लेखनीय सुधार

नेपाल बैंक लिमिटेडको नाफा २०३८.५ प्रतिशतले वृद्धि, वित्तीय स्थितिमा उल्लेखनीय सुधार

काठमाडाैं, ७ वैशाख । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनामा २०३८.५ प्रतिशतले नाफा वृद्धि गरेको छ। बैंकले आफ्नो सार्वजनिक वित्तीय विवरण आइतबार सार्वजनिक गर्दै यस अवधिमा २ अर्ब ७८ करोड रुपैयाँको खुद नाफा वृद्धि गर्न सफल भएको जानकारी दिएको छ। गत वर्षको चैत मसान्तसम्म बैंकको खुद नाफा १३ करोड रुपैयाँ मात्र थियो।

नेपाल बैंकको वितरित योग्य नाफा यस अवधिमा १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। यसै बीच, बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ १८ पैसाबाट बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ। गत वर्षको तुलनामा बैंकको लाभांश क्षमता १ अर्ब रुपैयाँले ऋणात्मक अवस्थामा रहेको थियो, तर अहिले यसमा उल्लेखनीय सुधार भएको छ।

बैंकको सञ्चालन नाफा ५८ करोडबाट बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। खुद ब्याज र कुल सञ्चालन आम्दानी क्रमशः ७ करोड १० लाख रुपैयाँ र ८ करोड ५६ लाख रुपैयाँ नाघेको छ। यसका साथै, बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० करोड र रिजर्भ कोषमा २३ अर्ब ३१ करोड रुपैयाँको वृद्धि भएको छ।

बैंकको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ७४ पैसा रहेको छ भने निष्क्रिय कर्जा ४.८५ प्रतिशत पुगेको छ, जुन तुलनात्मक रूपमा राम्रो मानिन्छ।

नेपाल बैंकको वित्तीय परिणामले बैंकको आर्थिक स्वास्थ्यमा सुधार देखाएको छ, जसले आगामी दिनहरूमा संस्थाको समग्र विकास र स्थायित्वमा महत्त्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x