एनआइसी एशिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता
काठमाडौं, २४ असार । एनआईसी एशिया बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
यस सम्झौता अनुसार अब बैंकका ग्राहकले मुलुकभर फैलिएको बैंकको २ सय २५ शाखाहरुबाट प्रुडेन्सिल इन्स्योरेन्सको निर्जिवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने छन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीर कृष्ण मर्हजनले हस्ताक्षर गरेका छन् ।