Date

बिहि, कार्तिक २२, २०८१
Thu, November 7, 2024

खाद्यान्नमा परनिर्भरता बढ्दै, जेठ मसान्तसम्म २० अर्बको धान–चामल आयात

खाद्यान्नमा परनिर्भरता बढ्दै, जेठ मसान्तसम्म २० अर्बको धान–चामल आयात

काठमाडाैं, १६ असार । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात भएको छ ।

कृषि मन्त्रालयको तथ्यांक अनुसार चालु वर्षको जेठ मसान्तसम्म ३० करोड ५३ लाख १० हजार ५२० किलो धान आयात भएको छ । यसका लागि ११ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको छ । यही अवधिमा ८ करोड २७ लाख ६९ हजार ८९ किलो चामल आयातमा ८ अर्ब ६९ करोड रुपैयाँ बाहिरिएको छ ।

मन्त्रालयका अनुसार ८८ करोड ६५ लाख २१ हजार रुपैयाँबराबरको धानको बिउ आयात भएको छ । नेपालले ९ लाख २० हजारको कनिका पनि आयात गरेको छ । यी सबै गरी २० अर्ब भन्दा बढी हुन आउँछ ।

नेपाललाई कृषि प्रधान देश भने पनि मुख्य उत्पादनको रूपमा रहेको धान चामलमा मात्रै ११ महिनामा २० अर्ब रुपैयाँ बाहिरिनुले खाद्यान्नमा परनिर्भरता बढ्दो क्रममा रहेको देखाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x