Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

साताको पहिलो कारोबार दिन दाेहाेराे अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

साताको पहिलो कारोबार दिन दाेहाेराे अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

काठमाडाैं, १६ असार । साताको काराेबारकाे पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से १४.८३ अंकले घटेर २ हजार ३७ दशमलव ०९ बिन्दुमा खुम्चिएकाे हाे ।

आज काराेबार भएकाे बजारमा ४९ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १९० वटाकाे घटेकाे छ । यस्तै ७ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

सबैभन्दा धेरै गुमाउनेमा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता छन्। यो कम्पनीको सेयर भाउ ९.३० प्रतिशतले घटेको छ । घटेकाे बजारमा मुक्तिनाथ कृषि कम्पनीकाे सेयर मूल्य भने ७.०६ प्रतिशतले उकालो लागेको छ।

आज काराेबार रकममा पनि गिरावट आएकाे छ । ९१ लाख ७८ हजार ८ सय ९५ कित्ता सेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ। जुन मंगलबारको तुलनामा करिब १३ करोड कम हो।

गत बिहिबार ८९ लाख एक हजार एक सय ९५ कित्ता शेयर ३ अर्ब ७१ करोड ५९ लाखको कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x