Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

सेयर बजार २१ सय बिन्दुमा उक्लियो, ४ अर्ब ५७ करोड माथिकाे काराेबार

सेयर बजार २१ सय बिन्दुमा उक्लियो, ४ अर्ब ५७ करोड माथिकाे काराेबार

काठमाडाैं, १८ असार । साताकाे तेस्राे काराेबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक उत्साहजनक रूपमा बढेकाे छ ।

आज समग्रमा नेप्से परिसूचक ४७ दशमलव ०४ अंकले बढेर २१ हजार ४३ विन्दुमा पुगेकाे छ ।

सत्ता समिकरणमा फेरबदल गर्ने सहमति जुटेसँगै आज सेयर बजारमा २ पटक सर्किट ब्रेक लागेकाे छ । प्रि ओपनिङमै ३२ अंकले बढेको नेप्से कारोबार खुलेको १ मिनेट अर्थथात ११ बजेर १ मिनेटमा ८२.४८ अंकले बढेर २१३५.८७ को विन्दुमा सर्किट ब्रेक लागेर बन्द भएको थियो।

दोस्रो पटक कारोबार खुलेको ११.२१ मिनेटमा बजार १०२.६८ अंकले बढेर कारोबार ४० मिनेटका लागि बन्द भएको हो।

दाेस्राे सर्किट ब्रेकपछि १२ः०१ मा खुल्नेकाे बजार केहि सम्हालिएकाे हाे । आज कारोबार रकम पनि बढेको छ । हिजो झन्डै ३ अर्बको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ ।

यसदिन सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, होटल, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x