Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

१६ प्रतिशतले घट्यो वाणिज्य बैंकहरूकाे नाफा, ११ महिनामा बैंक तथा वित्तीय संस्थाले ६१ अर्ब ९५ करोड

१६ प्रतिशतले घट्यो वाणिज्य बैंकहरूकाे नाफा, ११ महिनामा बैंक तथा वित्तीय संस्थाले ६१ अर्ब ९५ करोड

काठमाडाैं, २९ असार ।वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाले ६१ अर्ब ९५ करोड रुपैयाँबराबरको नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार जेठ महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ८४ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

जसमध्ये वाणिज्य बैंकले ५६ अर्ब ४५ करोड रुपैयाँ खुद मुनाफा गरेका छन् ।गत वर्षकाे ११ महिनाकाे अवधिमा वाणिज्य बैंकहरूले ६७ अर्ब २३ करोड रुपैयाँ नाफा गरेका थिए । गत आवको ११ महिनाको नाफाको तुलनामा चालु आवको सोही अवधिमा गरेको नाफा १६ प्रतिशत कम हो ।

यस्तै जेठसम्म विकास बैंकले ४ अर्ब ९५ करोड र वित्त कम्पनीले ५५ करोड नाफा कमाएका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x