Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

नयाँ प्रधानमन्त्रीमा ओलीको दावी, नियुक्ति र शपथ आइतबार

नयाँ प्रधानमन्त्रीमा ओलीको दावी, नियुक्ति र शपथ आइतबार

काठमाडाैं, २९ असार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारै राष्ट्रपति निवास पुगेर नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरिसकेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ आइतबार गर्ने तयारी गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

संसद्‌का अन्य साना दलहरु जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत कांग्रेस(एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले कांग्रेसका ८८ र आफ्नो दल एमालेका ७८ गरी १ सय ६६ सांसदसहित शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

दाबी पेस गर्न एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले प्रमुख सचेतक महेश बर्तौला, पूर्वमहान्यायाधिवक्ता रमेश बराल लगायत शीतल निवास पुगेका थिए।

 

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x