Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

ढल्यो प्रचण्ड नेतृत्वको सरकार, अर्को मन्त्रिपरिषद् नबनेसम्म यहि सरकारले काम गर्ने

ढल्यो प्रचण्ड नेतृत्वको सरकार, अर्को मन्त्रिपरिषद् नबनेसम्म यहि सरकारले काम गर्ने

काठमाडाैं, २८ असार । १८ महिना सत्ताको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन्। शुक्रबार प्रतिनिधि सभामा राखेको विश्वासको मतको प्रस्तावका पक्षमा विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।

शुक्रबार २५८ जना सांसद उपस्थित रहेकोमा प्रधानमन्त्रीको प्रस्तावका पक्षमा जम्मा ६३ मत परेको छ भने विपक्षमा १९४ मत परेको छ । बहुमतका लागि १३८ जना सांसदको साथ चाहिन्छ। यो सँगै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहालले राखेको विश्वास मतको प्रस्ताव अस्वीकृत भएको घोषणा गरे।

असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्मका लागि पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्लाई कार्य सञ्चालन गर्ने जिम्मेवारी तोकेका छन्।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x