Date

शुक्र, मंसिर ७, २०८१
Fri, November 22, 2024

माछापुच्छ्रे बैंककाे नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेल

माछापुच्छ्रे बैंककाे नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेल

काठमाडाैं, २९ असार । माछापुच्छ्रे बैंकको असार २७ गते बसेकाे संचालक समितिको बैंठकले साउन १ गतेबाट लागु हुने गरी

प्रसिद्ध राज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा सुभाष जमरकटेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गर्नुभएको अर्यालसंग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ्ग क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ । अर्याल यसअघि सिभिल बैंक लि., सनराइज बैंक लि. र नेपाल इन्भेष्टमेन्ट बैंक लि.मा समेतमा रही विभिन्न पदमा कार्य अनुभवी रहनुभएको छ ।

यसैगरी सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरु गर्नुृभएका श्री सुभाष जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंक लि. मा आवद्ध रहनुभएको छ । जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिनुहुन्छ । वहाँले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डिया बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गर्नुभएको छ । यसबाहेक उहाँले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गर्नुभएको छ ।

अर्याल र जमकट्टेल दुवै जना आफ्नो बैंकिङ् करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिनु हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x