Date

मङ्ल, असार १७, २०८२
Tue, July 1, 2025

स्वरोजगार लघुवित्तको हकप्रद साउन १३ बाट

स्वरोजगार लघुवित्तको हकप्रद साउन १३ बाट

काठमाडौं, १८ असार । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साउन १३ गतेबाट हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले १ बराबर १ अर्थात सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । जसकाले लागि लघुवित्तले असार २८ गते शेयर दर्ता किताव बन्द गर्ने जनाएको छ । आसर २७ गते भित्र लघुवित्तको शेयर किन्ने लगानीकर्ताहरुले हकप्रद शेयरको आवेदन दिन सक्नेछन् । यस हकप्रद शेयरको बिक्री बन्द भदौ १७ गते गर्ने जनाएको छ ।

लघुवित्तले १ बराबर १ अर्थात सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित मुल्य भएको १२ करोड २४ लाख ९७ हजार २६० रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ । हकप्रद शेयर निष्कासनको लागि लघुवित्तले बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रद शेयर वितरण पछि लघुवित्तको चुक्ता पुँजी २४ करोड ४९ लाख रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *