Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

व्यवसायीमैत्री नीतिको अभावमा नेपाली कपडा उद्योग संकट परेको व्यवसायीको गुनासो

व्यवसायीमैत्री नीतिको अभावमा नेपाली कपडा उद्योग संकट परेको व्यवसायीको गुनासो

काठमाडौं, २५ असार । सरकारी नीति व्यवसायी मैत्री नहुँदा नेपाली कपडा उद्योगहरु दिनप्रतिदिन संकटमा पर्दै गएको गुनासो व्यवसायीहरुले गरेका छन् । ९० प्रतिशत स्वदेशी कच्चा पदार्थमै संचालित कपडा उद्योगहरु व्यवसायीमैत्री सरकारी नीतिको अभावमा संकटमा पर्दै गएको भन्दै उनीहरुले सरकारको ध्यनाकर्षण गराएका छन् ।

पूर्व सुनसरीको इटहरीमा अवस्थित प्रगती टेक्स्टाईल, जयकमल होजियारी, रिलायन्स स्पिनिङ मिल्स लगायत कपडा एवं धागो उद्योगहरुको स्थलगत अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै उद्योगीहरुले उक्त गुनासो गरेका हुन् । स्वदेशकै श्रमिक र स्वदेशी कच्चापदार्थको प्रयोगमार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएका उद्योगबारे सरकारले दिर्घकालिन निर्णय लिन नसक्दा उद्योगहरु बन्द हुने खतरा बढेको भन्दै उद्योगीहरुले प्रोत्साहन दिने खालका नीति ल्याउन आग्रह पनि गरे ।

उद्योगीहरुले आगामी आर्थिक वर्षको बजेटबाट २० वर्षदेखि पाउँदै आएको ७० प्रतिशत कर छुटको व्यवस्था हटाउदा नेपाली कपडाको उत्पादन लागत १३ प्रतिशतसम्म बढ्न जाने भन्दै त्यसले छिमेकी देशबाट अवैधरुपमा आयात हुने कपडाहरुसँग प्रतिष्पर्धा गर्न नसक्ने बताए ।

धागोबाट १०० प्रतिशत भ्यालु एड गरेर कपडाहरुको उत्पादन हुने गरेको नेपाल कपडा उद्योग संघका उपाध्यक्ष जीतेन्द्र कुमार लोहियाले बताए । सरकारले बजार अनुगमन गरेर अबैधरुपमा भईरहेका ओसारपसार रोक्नुपर्ने माग उनले गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *