Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

दोब्बर बढ्यो प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा धेरै लगानी पर्यटन क्षेत्रमा

दोब्बर बढ्यो प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा धेरै लगानी पर्यटन क्षेत्रमा

काठमाडाैं, ५ साउन । गत आर्थिक वर्ष २०८०÷८१ मा ४०७ परियोजनामार्फत ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।

अघिल्लो आर्थिक वर्ष ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको थियो । एक वर्ष अवधिमा  २३ अर्ब ५० करोड रुपैयाँ बढी वैदेशिक लगानी भित्रिएको हो ।

उद्याेग विभागका अनुसार यो वर्ष असार महिनामा सबैभन्दा धेरै १७ अर्ब ४८ करोड ४७ लाख बराबर वैदेशिक लगानी भित्रिएको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै पर्यटन क्षेत्रमा १९७ परियोजनामार्फत विदेशी लगानी प्रतिबद्धता आएको छ । यस्तै सेवा क्षेत्रमा १३३ परियोजनामा लगानी प्रतिबद्धता आएको छ । उत्पादनमूलक क्षेत्रमा ४६, सूचना प्रविधिमा ११, कृषिमा आठ, पूर्वाधारमा छ, ऊर्जा र खानीजन्य परियोजना तीन(तीन वटामा लगानी प्रतिबद्धता आएको छ । साना उद्योग ३८६, मझौला १५ र ठुुला छ वटा ठुुला उद्योगमा लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ ।

स्वचालित मार्गबाट १३९ परियोजनामार्फत आठ अर्ब ११ करोड ६२ लाख वैदेशिक लगानी भित्रिएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *