Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

जीडीपीको ४२.६५ प्रतिशत पुग्याे नेपालकाे सार्वजनिक ऋण

जीडीपीको ४२.६५ प्रतिशत पुग्याे नेपालकाे सार्वजनिक ऋण

काठमाडाैं, ५ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको छ।सार्वजनिक ऋणको आकार कुल गार्हस्थ उत्पादन (जीडीपी)को ४२.६५ प्रतिशत पुगेको छ।

गत आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेकामा असार मसान्तसम्म आउँदा १ खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ थपिएको हो।

असारमा मात्रै ३२ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ सार्वजनिक ऋण थपिएको छ।

कुल ऋणमध्ये ११ खर्ब ८० अर्ब ९० करोड आन्तिरक र १२ खर्ब ५२ अर्ब ३३ करोड रुपैयाँ बाह्य ऋण हो।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *