नेप्से परिसूचक ६१. ६१ अंकले बढ्याे, १५ अर्ब २३ करोडकाे काराेबार
काठमाडाैं, ६ साउन । साताको पहिलाे कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ६१. ६१ अंकले बढेर २४ सय ८५ दशमलव ९४ बिन्दुमा पुगेर बन्द भएको छ ।
आज कुल १८१ कम्पनीको सेयर मूल्य बढेको छने ५६ कम्पनीको मूल्य घटेको छ । यस्तै ५ कम्पनीको मूल्य स्थिर रहेको छ । आज सबै उपसमुह बढेका छन् ।
आज सेयर काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ । यस दिन कारोबार भएको बजारमा कुल ३ सय १३ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख माथिको सेयर कारोबार भएको छ । गत शुक्रबार १५ अर्ब ५४ करोड ८८ लाख माथिको सेयर कारोबार भएको थियाे ।
आज युनाइटेड माेदी हाइड्राेपावर र समता घरेलु लघुवित्तकाे सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । भने बढेको बजारमा सिक्लेस हाइड्राेपावरकाे सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।