Date

बुध, कार्तिक २१, २०८१
Wed, November 6, 2024

११ महिनामा ३.९ प्रतिशतले बढ्याे आन्तरिक कर्जा

११ महिनामा ३.९ प्रतिशतले बढ्याे आन्तरिक कर्जा

काठमाडाैं, ७ साउन । आर्थिक वर्ष २०८०÷८१ को एघार महिनामा कुल आन्तरिक कर्जा ३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ६.९ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा यस्तो कर्जा ५.८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी १०.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १८.३ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा यस्तो दावी ३.० प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ६.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी ५.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ६.० प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x