Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

बुधबार ताेलामा ११ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य

बुधबार ताेलामा ११ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडाैं, ९ साउन । बुधबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । मंगलबार स्थिर रहेकाे सुनकाे मूल्य बुधबार ताेलामा ११०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ४७ हजार ४०० र तेजावी सुनकाे मूल्य १ लाख ४६ हजार ७०० रूपैयाँ कायम भएकाे छ ।

हिजाे छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ४६ हजार ३०० र तेजावी सुनकाे मूल्य १ लाख ४६ हजार रूपैयाँ कायम भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x