१.२६ प्रतिशतले बढ्याे नेप्से परिसूचक, १४ अर्ब १३ करोड माथिकाे काराेबार
काठमाडाैं, १० साउन । साताकाे अन्तिम काराेबार दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३२ अंकले बढेकाे छ । आज नेप्से परिसूचक १.२६ प्रतिशतले बढेर २५ सय ६८ दशमलव ११ बिन्दुमा पुगेर बन्द भएको छ ।
आज नेप्से परिसूचक बढे पनि बुधबारकाे तुलनामा काराेबार रकम घटेकाे छ । यस दिन कारोबार भएको बजारमा कुल ३ सय २० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब १३ करोड ७८ लाख माथिको सेयर कारोबार भएको छ । बुघबार १६ अर्ब २० करोड ८५ लाख माथिको सेयर कारोबार भएको थियाे ।
आज कुल १४३ कम्पनीको सेयर मूल्य बढेको छने ९६ कम्पनीको मूल्य घटेको छ । यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन विकास बैंक, जलबिद्युत, लगानी र अन्य उपसमुह घटेका छन् भने बाँकी सबै बढेका छन् ।
आज उपकार लघुवित्तकाे सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेकाे छ भने मितेरी विकास बैंककाे सेयर मूल्य सर्वाधिक ७.६५ प्रतिशतले घटेकाे छ।