साताकाे अन्तिम काराेबार दिन ५.२९ अंकले घट्याे नेप्से, २१ अर्ब ७१ करोडकाे काराेबार
काठमाडाैं, १७ साउन । साताकाे अन्तिम काराेबार दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.२९ अंकले घटेकाे छ ।
आज नेप्से परिसूचक शुन्य दशमलव १९ प्रतिशतले घटेर २७ सय ५५ दशमलव ६२ विन्दुमा कायम भएकाे छ ।
आज एकैदिन ५ करोड १३ लाख २१ हजार ६ सय २९ कित्ता सेयर किनबे हुँदा २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । हिजाे ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयर किनबे हुँदा २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यस दिन बजारमा कुल ७४ कम्पनीको सेयर मूल्य बढेको छने १६४ कम्पनीको मूल्य घटेको छ । यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
यसदिन घटेकाे बजारमा सर्वाधिक जिवन बिमा उपसमुह ३.६९ प्रतिशतले बढेकाे छ भने, ट्रेडिङ उपसमुह सर्वाधिक ३.५४ प्रतिशतले घटेकाे छ ।
आज बजार घटेपनि जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाल हाइड्रो डेभलपर्स,सुभम् पावर लिमिटेड, सिटि हाेटल र कुथेली बुखारी साना जलविद्युतकाे सेयर १० प्रतिशतले बढेकाे छ ।
यस्तै पिपुल्स हाइड्राेपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।