शुक्रबार सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, प्रतितोला डेढ लाख
काठमाडाैं, १८ साउन । शुक्रबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । बिहिबार ताेलामा १६ सय रूपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि ५०० रूपैयाँले बढेकाे हाे ।
याे हाल सम्मकै उच्च बिन्दुमा पुगेकाे हाे । यसअघि गत साउन २ गते हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ४९ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ४९ हजार ९०० रूपैयाँ कायम भएकाे छ ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यता शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।हिजो प्रतितोला १ हजार ८०० रूपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७ सय ९५ रूपैयाँ कायम भएको छ ।