Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

साताकाे अन्तिम काराेबार दिन ५.२९ अंकले घट्याे नेप्से, २१ अर्ब ७१ करोडकाे काराेबार

साताकाे अन्तिम काराेबार दिन ५.२९ अंकले घट्याे नेप्से, २१ अर्ब ७१ करोडकाे काराेबार

काठमाडाैं, १७ साउन । साताकाे अन्तिम काराेबार दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.२९ अंकले घटेकाे छ ।

आज नेप्से परिसूचक शुन्य दशमलव १९ प्रतिशतले घटेर २७ सय ५५ दशमलव ६२ विन्दुमा कायम भएकाे छ ।

आज एकैदिन ५ करोड १३ लाख २१ हजार ६ सय २९ कित्ता सेयर किनबे हुँदा २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।  हिजाे ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयर किनबे हुँदा २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस दिन बजारमा कुल ७४ कम्पनीको सेयर मूल्य बढेको छने १६४ कम्पनीको मूल्य घटेको छ । यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यसदिन घटेकाे बजारमा सर्वाधिक जिवन बिमा उपसमुह ३.६९ प्रतिशतले बढेकाे छ भने, ट्रेडिङ उपसमुह सर्वाधिक ३.५४ प्रतिशतले घटेकाे छ ।

आज बजार घटेपनि जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाल हाइड्रो डेभलपर्स,सुभम् पावर लिमिटेड, सिटि हाेटल र कुथेली बुखारी साना जलविद्युतकाे सेयर १० प्रतिशतले बढेकाे छ । 

यस्तै पिपुल्स हाइड्राेपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x