Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

हिमालयन बैंककाे स्वयम्भु शाखा बालाजुमा स्थानान्तरण

हिमालयन बैंककाे स्वयम्भु शाखा बालाजुमा स्थानान्तरण

काठमाडाैं, २२ साउन । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये स्वयम्भु शाखा – २ लाई स्थानान्तरण गरी वडा नं १६, बालाजु चोक, काठमाडौं महानगरपालिका, काठमाडौंबाट आज मिति २०८१ साल श्रावण २१ गते देखि बालाजु शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।

बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गर्नुभएको छ ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६,५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x