Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क ९.९६ प्रतिशतले वृद्धि

जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क ९.९६ प्रतिशतले वृद्धि

काठमाडाैं, २३ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क ९.९६ प्रतिशतले वृद्धि भएकाे छ । नेपाल बिमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष जीवन बीमा कम्पनीहरु कूल ३४ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।

घिल्लो आव २०७९/८० मा बीमा कम्पनीहरुले कूल ३१ अर्ब २३ करोड ८३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका थिए ।

तथ्याङ्क अनुसार यस अवधिमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क नेपाल लाइफले कूल ८ अर्ब २ करोड ३० लाख रुपैयाँ संकलन गरेको छ । यस्तै नेशनल लाइफले ५ अर्ब ५ करोड ६८ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ ।

यस्तै एलाईसी नेपालले दुई अर्ब ६० करोड, हिमालयन लाइफले दुई अर्ब ५७ करोड, सुर्यज्योति लाइफले दुई अर्ब ५३ करोड, सिटिजन लाइफले एक अर्ब ९६ करोड, एशियन लाइफले एक अर्ब ९२ करोड, सानिमा रिलायन्स लाइफले एक अर्ब ८७ करोड, आईएमई लाइफले एक अर्ब ६० करोड, सन नेपाल लाइफले एक अर्ब ५६ करोड, रिलायबल नेपाल लाइफले एक अर्ब ४७ करोड, मेट लाइफ एक अर्ब ३० करोड, प्रभु महालक्ष्मी लाइफले एक अर्ब नौ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ७५ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

असार महिनामा मात्र १४ जीवन बीमा कम्पनीहरुले ६ अर्ब ७८ करोड १४ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x