Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

नबिल बैंक र नमस्ते पेबीच साझेदारी

नबिल बैंक र नमस्ते पेबीच साझेदारी

काठमाडाैं, २३ साउन । नबिल बैंक लिमिटेड र नमस्ते पे वालेटबीच सम्झाैता भएकाे छ। याे सम्झाैतासँगै नबिल बैंकका ग्राहकले नमस्ते पेका विभिन्न सेवा उपयोग गर्न सक्ने बताइएको छ ।

मंगलवार आयोजित एक कार्यक्रममा बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पेका कायममुकायम प्रमुख कार्यकारी अधिकृत विनय बिजुक्छेले समझदारीपत्रमा हस्ताक्षर गरे ।

यो सहकार्यसँगै बैंकका ग्राहकले एप्लिकेशनमार्फत वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्ने बताइएको छ । बैंकले नयाँ नयाँ प्रविधि अपनाउँदै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

नमस्तेका डेपुटी सीईओ बिजुक्छेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्यका साथ नमस्ते पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न सहकार्यले सहयोग पुग्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x