बुधबार तोलामा १ हजार ४ सय रूपैयाँ घट्यो सुनको मूल्य
काठमाडाैं, २३ साउन । मंगलबार उच्च बिन्दुले घटेकाे सुनकाे मूल्यमा बुधबार पनि गिरावट आएको छ । हिजाे एकैदिन ताेलामा २३ सय रूपैयाँले घटेकाे सुनकाे मूल्य आज १ हजार ४०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३०० रूपैयाँ कायम भएको छ ।मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।
गत साेमबार सुनकाे मूल्य सर्वाधिक १ लाख ५० हजार रूपैयाँ पुगेको थियाे ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १७ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १७ सय २५ रूपैयाँमा कारोबार भएको थियो।