Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

विद्युत प्राधिकरणको तीन वर्षे उपलब्धिः खुद नाफा १३ अर्ब ३१ करोड, करिब ग्राहक संख्या ६० लाख नजिक

विद्युत प्राधिकरणको तीन वर्षे उपलब्धिः खुद नाफा १३ अर्ब ३१ करोड, करिब ग्राहक संख्या ६० लाख नजिक

काठमाडाैं, २५ साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको तीन वर्षे उपलब्धि सार्वजनिक गरेका छन् ।

शुक्रबार तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ८ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेकोको प्राधिकरणलाई नाफामा लगेको बताए ।प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा रहेको उनकाे दाबी छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा मात्र खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ रहेको उनले जानकारी दिए । आव २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरण त्यसयता निरन्तर नाफामा गएको हो ।

यसबीचमा तीन पटक गरी २५ प्रतिशत विद्युत् महसुल घटाइएको भन्दै उनले प्राधिकरणले महसुल बढाएर नाफा नबढाएको समेत जानकारी दिए ।

यस्तै आर्थिक वर्ष २०७२/७३ मा २९ लाख ७० हजार रहेकाे विद्युतकाे ग्राहक संख्या हाल ५९ लाख ३५ हजार पुगेकाे उनले बताए । यस्तै विकट वस्तिहरूकाे पहिचान गरी बाँकी बिद्तियुकरणकाे काम अघि बढाइसकेकाेले छिट्टै मुलुक पूर्ण रूपमा विद्युतिकरण भएकाे घाेषणा गर्ने अवस्थामा पुगेकाे उहाँकाे भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x