‘सनराइज फर्स्ट म्युचल फण्ड’ र ‘सनराइज फोकस्ड इक्विटी फण्ड’को प्रतिफल वितरण गरिने
काठमाडाैं, २५ साउन । लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “सन्राइज फस्र्ट म्युचल फण्ड” र “सन्राइज फोकस्ड इक्विटी फण्ड” नामक बन्दमुखी योजनाहरुले इकाईधनीहरुलाई प्रतिफल (लाभांश) वितरण गर्ने भएका छन् ।
सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘सनराइज फर्स्ट म्युचल फण्ड’ र ‘सनराइज फोकस्ड इक्विटी फण्ड’ नामक बन्दमुखी योजनाहरूको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भएको छ । यी योजना व्यवस्थापकको सञ्चालक समितिको १४५ औँ बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि प्रतिफल दिने निर्णय गरेको हो ।
उोफ बैठककाे निर्णय अनुसार ‘सनराइज फर्स्ट म्युचल फण्ड’का इकाईधनीहरुलाई कर सहित १२.५ प्रतिशत प्रतिफल र ‘सनराइज फोकस्ड इक्विटी फण्ड’का इकाईधनीहरुलाई कर सहित ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेकाे बताइएकाे छ ।