Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

६.०१ अंकले बढ्याे नेप्से, १९ अर्ब १६ करोडको काराेबार

६.०१ अंकले बढ्याे नेप्से, १९ अर्ब १६ करोडको काराेबार

काठमाडाैं, ६ भदाै ।  साताकाे अन्तिम काराेबार दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेकाे छ । आज ६.०१ अंकले बढेर नेप्से परिसूचक २ हजार ९७४.४६ विन्दुमा पुगेको छ।

आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १८ अर्ब ९० करोडको कारोबार भएकोमा यस दिन १९ अर्ब १६ करोडको भएकाे छ ।

आज काराेबार भएकाे बजारमा १३२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ३ को स्थिर रहेको छ ।

आज लगानी, उत्पादन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । यस दिन तारागाउँ रिजेन्सी, नारायणी विकास बैंक, ज्योति विकास, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास, सप्तकोशी विकास र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेकाे छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x