Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

एक वर्षमा सरकारद्वारा २३ खर्ब बढी आन्तरिक ऋण परिचालन

एक वर्षमा सरकारद्वारा २३ खर्ब बढी आन्तरिक ऋण परिचालन

काठमाडाैं, ७ भदौ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारले रु.२३४.४२ अर्ब आन्तरिक ऋण परिचालन गरेको छ भने रु.१८२ अर्ब ६२ करोड साँवा भुक्तानी गरेको छ।

यसर्थ, यस अवधिमा रु.५१ अर्ब ८० करोड खुद आन्तरिक ऋण परिचालन भएको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको ०.९ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले रु.१२३ अर्ब ६१ करोड वाह्य ऋण परिचालन गरेको छ ।

२०८१ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण रु.२४३३ अर्ब २४ करोड पुगेको छ । जसमध्ये, वाह्य ऋण रु.१२५२ अर्ब ३४ करोड र आन्तरिक ऋण रु.११८० अर्ब ९० करोड रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४२.६५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४२.९९ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x