Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नाडा अटो शोको १६ औं संस्करण आजदेखि सुरु, सरकारलाई नाडा अध्यक्ष चौधरीले मागे १० वर्षे स्थिर योजना

नाडा अटो शोको १६ औं संस्करण आजदेखि सुरु, सरकारलाई नाडा अध्यक्ष चौधरीले मागे १० वर्षे स्थिर योजना

काठमाडाैं, ११ भदौ । सवारी साधनको महाकुम्भ नाडा अटो शोको सोह्रौं संस्करण काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएकाे छ । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अटो शोको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा अर्थमन्त्री पाैडेलले वर्तमान सरकारले अटो क्षेत्रमा मात्रै नभएर सबै क्षेत्रमा स्थिरता खाेजिरहेकाे बताए ।

अटो व्यवसायीले अटो क्षेत्रका लागि स्थिर नीतिका माग गरेपछि उनले भने, ‘यो स्थिर सरकार हो, यो सरकार सबै नेपालीको हो । अटो व्यवसायीका समस्या पनि समाधान गर्छ, आत्मविश्वास लिएर काम गर्नुस्, गाडी नेपालमै उत्पादनका लागि सरकार सहयोग गर्न तयार छ, विद्युतीय गाडीमा मात्रै होइन सबैमा स्थिर नीति अगाडि सार्छौं ।’

अर्थतन्त्र चलायमान बनाउन सरकारले काम गरिरहेको उनको भनाइ छ ।

यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको सरकारले ल्याएको मौद्रिक नीतिले सबै क्षेत्रमा सहयोग पुगेको बताएका छन्।व्यवासय गर्ने माहोल सकारात्मक बनेको भन्दै उनले अटो क्षेत्र गत तीन वर्षको अवधिमा मन्दीमा गएको बताउँदै अहिले राम्रो लयमा अघि बढेको बताए।

कार्यक्रममा नाडा अटोमोबाइल एशोसियसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्रले देशको अर्थतन्त्र चलायमान बनाउने सहयोग पुर्‍याइरहेको भन्दै व्यवसायीलाई त्रासबाट मुक्त दिलाएमात्रै व्यवसायीले काम गर्न सक्ने बताएका छन् ।

ट्रेडिङबाट सुरु भएको अटो क्षेत्र इन्डस्ट्रीमा परिणत भएर नेपालमा धेरै पार्ट्सहरु देखि गाडीहरु नै उत्पादन हुने माहोल बन्दा पनि व्यवसायीले गरेको लगानीमा सरकारको नीतिले समस्या पार्ने गरेको उनको भनाइ छ ।

व्यवसायीहरु इभीको लागि पुर्वाधार निर्माण गर्न तयार रहेको भन्दै उनले १० वर्षे स्थिर योजना माग गरे समेत गरेका छन् । त्यही अनुसार अटो व्यवसायी काम गर्न र यो क्षेत्रमा लागनी बढाउन तयार रहेको उनले बताए ।

नाडा अटो शो भदौ १६ गतेसम्म सञ्चालन हुनेछ। नेपालकै सबैभन्दा ठूलो सवारी मेलाको शीर्ष प्रायोजक टाटा डट इभी रहेको छ। अटो शोलाई कोभिड-१९ पछिकै सबैभन्दा धेरै आर्थिक गतिविधि हुने थलोका रुपमा लिइएको छ। प्रदर्शनीमा ठूला तथा साना गरि १२० वटा स्टल र ब्लक छन्। प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका गाडी र बाइक, लुब्रिकेन्ट, टायर, पार्टपूर्जाका साथै स्वदेशी ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको अटो शोमा सहभागिता छ।

प्रदर्शनीमा १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनी सहभागी छन्। अटो शोमा २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x