Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

३३.४१ अंकले बढ्याे नेप्से, साढे ७ अर्बकाे काराेबार

३३.४१ अंकले बढ्याे नेप्से, साढे ७ अर्बकाे काराेबार

काठमाडाैं, ११ मंसिर । मंगलबार  नेपाल स्टक एक्सचेञ्ज नेप्से ३३.४१ अंकले बढेको छ। आज सेयर बजार मापक नेप्से परिसुचक १.२४ प्रतिशतले बढेर २ हजार ७ सय १६.६६ बिन्दुमा पुगेको छ।

यस दिन १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजारमा कारोबार भएको छ।

आज कारोबार भएको बजारमा २१० कम्पनीको सेयर मुल्य बढेको छ भने ३३ वटाको घटेको छ। यस्तै एउटाको सेयर मूल्य स्थिर रहेको छ।

यस दिन सर्पोट माइक्रोफाइनान्स, युनाइटेड आइडीआइ मर्दी आरबी हाइड्रोपावर, कुथेली बुखेरी साना जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिथिला लघुवित्तको सेयर मुल्य ९.६२ प्रतिशतले बढेको छ।

यस्तै थ्रि स्टार हाइड्रोपावरको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x