जनता बैंक र प्रुडेन्सियल इन्स्योरेन्स बिच बैंकासुरेन्स सेबा सम्झौता

काठमाडौं, २६ असार । जनता बैक नेपाल लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने भएको छ । जसका लागि बैंकले प्रुडेन्सियल इन्स्योरेन्ससंग बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र इन्स्योरेन्सको तर्फबाट बि.के महर्जनले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको ११९ शाखाहरुबाट वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न तथा दावी भुक्तानी लगायतका सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।