ग्लोबल आइएमईको १००औं शाखा रहित बैंकिङ सेवा
काठमाडौं, २६ असार । ग्लोबल आइएमई बैंकको नयाँ शाखा रहित बैंकिङ सेवा संचालनमा आएको छ । बैंकले उक्त शाखा रहित बैंकिङ सेवा सुनसरी जिल्लाको बाराह्र नगरपालिका ५, कालाबंजरमा संचालनमा ल्याएको हो । यससंगै बैंकको शाखा रहित बैंकिङ सेवा एक सय पुगेको छ ।
यस शाखा रहित बैंकिङ सेवाबाट ग्राहकहरुले बचत तथा निक्षेपको सेवा, रकम निकासा गर्न, कर्जा तथा व्याजको जानकारी र भुक्तानी, युटिलिटी भुक्तानी लगाएतका सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
बैंकको हाल १२९ शाखा, १३२ एटिएम, १४ राजश्व असुली काउन्टर, ५ एक्सटेन्सन काउन्टर र १०० वटा शाखा रहित बैंकिङ सेवा संचालनमा रहेका छन् ।