काठमाडौं, २६ असार । लुम्बिनी विकास बैंकको नयाँ शाखा संचालनमा आएको छ । बैंकले काठमाडौं जिल्लाको नरेफाँटमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो ।
बैंकको उक्त शाखाको उद्घाटन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले गरेका हुन् । बैंकको हाल ६५ शाखाहरु र १२ एटिएम संचालनमा रहेका छन् ।