Date

शनि, कार्तिक १७, २०८१
Sat, November 2, 2024

एमसिए–नेपालद्वारा १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौता

एमसिए–नेपालद्वारा १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौता

काठमाडाैं, १४ भदाै । एमसीए–नेपालले एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाअन्तर्गत १८ किमी सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर गरेको छ ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङदेले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल-भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो आयोजनाका लागि १२.३६ मिलियन अमेरिकी डलर (१ अर्ब ६६ करोड रुपैयाँ)को सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ ।

बाँकी दुई सय ९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्यसम्ममा बोलपत्र आह्वान गर्न एमसिए–नेपालले तयारी गरिरहेको जनाएको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x