Date

बिहि, पुस ११, २०८१
Thu, December 26, 2024

चालु आर्थिक वर्षको हालसम्ममा ५३ कम्पनीहरुको २५ अर्ब रुपैयाँ भन्दा बढि हकप्रद शेयर स्विकृत

चालु आर्थिक वर्षको हालसम्ममा ५३ कम्पनीहरुको २५ अर्ब रुपैयाँ भन्दा बढि हकप्रद शेयर स्विकृत

काठमाडौं, २६ असार । चालु आर्थिक वर्षको हालसम्ममा नेपाल धितोपत्र बोर्डले ५३ कम्पनीहरुलाई हकप्रद शेयर निष्कासनको अनुमति दिएको छ । यी ५३ कम्पनीहरुको २५ अर्ब ३९ करोड ४१ लाख ८८ हजार ६७५.५० रुपैयाँ बराबरको २५ करोड ३९ लाख ४१ हजार ८८६.७६ कित्ता हकप्रद शेयर निष्कासनको स्विकृती बोर्डले दिएको हो।

यसरी हकप्रद शेयर निष्कासनको अनुमती पाउनेहरुमा सबैभन्दा बढि विकास बैंकको संख्या रहेको छ । धितोपत्र बोर्डले १४ विकास बैंकहरुलाई हकप्रद शेयर निष्कासनको अनुमती दिएको छ । यस्तै ११ वित्त कम्पनीहरु, ११ वीमा कम्पनीहरु, ११ लघुवित्त बैंकहरु र ६ वाणिज्य बैंकहरुले हकप्रद शेयर निष्कासनको लागि अनुमती पाएका हुन् । चुक्ता पुँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गरिएको हो ।

समिक्षा अवधिमा यी ५३ कम्पनीहरु मध्ये २ कम्पनीहरु जेबिल्स् फाइनान्स र आरएसडिसी लघुवित्तले दुई पटक हकप्रद शेयर निष्कासनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । हकप्रद शेयर निष्कासनको अनुमति पाएका यी ५३ कम्पनीहरु मध्ये केहि कम्पनीहरुको हकप्रद नेप्सेमा सुचिकृत भैसकेका छन् भने केहि स्विकृत हुने क्रममा छन् । यस्तै केहि कम्पनीहरुको हकप्रद शेयर बिक्री खुल्ला भएका छन् भने केहिको हुन क्रममा रहेको छ । साथै केहि कम्पनीहरुले हकप्रद शेयर बिक्रीका लागि बुक क्लोजको मिती समेत तोकिसकेका छन् ।

हकप्रद शेयरको कारण शेयर बजारमा शेयर आपुर्तिमा वृद्धि आएको छ । यता शेयरको आपुर्तिमा भएको वृद्धिका कारण समेत शेयरको मागमा सन्तुलन आउन सकेको छैन । यसरी शेयरको आपुर्तिमा आएको वृद्धिले लगानीकर्ताहरुले हकप्रद शेयरको आवेदन समेत नदिएको बताइएको छ । जसका कारण कम्पनीहरुले हकप्रद शेयर लिलामीमा बिक्री गर्न बाध्य भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x