Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

जनता बैंकको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी नेपाल) संग बैंकासुरेन्स सेवा सम्झौता

जनता बैंकको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी नेपाल) संग बैंकासुरेन्स सेवा सम्झौता

काठमाडौं, २६ असार । जनता बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी नेपाल) बिच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने उद्देश्यले इन्स्योरेन्स कम्पनीहरुसँग बैंकले सम्झौता गरेको जनाइएको छ ।

यस सम्झौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र इन्स्योरेन्सको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात ग्राहकहरुले बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

जनता बैंकले हाल देश भरी ११९ शाखा, ४० शाखा रहित बैंकिङ्ग इकाई, २ सिमित्त बैंकिङ्ग इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *