Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम समेत घट्यो

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम समेत घट्यो

काठमाडौं, २६ असार । मंगलबार शेयर बजारको परिसुचक नेप्से झिनो अंकले तल झरेको छ । नेप्से परिसुचक आज मंगलबार ०.५० अंकले घटेर १२०५.९३ विन्दुमा पुगेको छ । तर मंगलबार सेन्सिटिभ इन्डेस्क भने ०.१३ अंकले बढेर २५४.०६ विन्दुमा पुगेको छ ।

मंगलबार नेप्से परिसुचक बढेर १२१४.१० विन्दुसम्म पुगेको थियो । त्यसपछि निरन्तर ओरालो लाग्दा शेयर बजार समग्र ०.०४ प्रतिशतले घटेको छ ।

नेप्से परिसुचकसंगै मंगलबार शेयर कारोबार रकममा समेत गिरावट आएको छ । मंगलबार कुल १६० कम्पनीहरुको ८ लाख ७६ हजार ६११ कित्ता शेयरको किनबेचबाट २८ करोड ७९ लाख ७४ हजार ४३१ रुपैयाँको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x