हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स बीच बैंकासुरेन्स

काठमाडौं, २६ असार । हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स बिच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जिवन विमा सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्नेछ ।
सम्झौता पत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत अशोक राणा लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधानले हस्ताक्षर गरेका हुन् ।