Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

नेपालको पानीमा जनताको लगानी -नागरिकलाई शेयर दिन आयोजना छनोट  

नेपालको पानीमा जनताको लगानी -नागरिकलाई शेयर दिन आयोजना छनोट  

काठमाडौ,२६ असार ।  नेपालको पानिमा जनताको लगानी शुनिश्चित गर्दै सरकारले हरेक नेपाली नागरिकलाई शेयर दिने गरी केही महत्वपूर्ण आयोजना छनोट गरी आयोजनाको क्षेमता निर्धारण गरेको छ ।

उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयले जनताको शेयर लगानी रहने गरी ७२५ मेगावाटको माथिल्लो अरुण, ४०० मेगावाटको तल्लो अरुण, १०० मेगावाटको तामाकोसी पाँचौँ, ४८ मेगावाटको भेरी–बबई डाइभर्सन, २१० मेगावाटको सेती चैनपुर, ७० मेगावाटको सिम्बुवा, ७५ मेगावाटको ताप्लेजुङको घुन्सालगायत आयोजनालाई प्रारम्भिक चरणमा छनोट गरेको हो ।  आयोजना अन्तिम छनोट गर्न आगामी दिनमा पनि निरन्तर छलफल तथा परामर्श गर्ने मन्त्रालयले जनाएको छ ।

“गरिब नागरिकको हातहातमा शेयर पुर्याउन र  यसबाट उनीहरुको जीवनस्तर माथि नेपालको पानि जनताको लगानी अन्तर्गत यो कार्यक्रम ल्याइएको बताए ।जलविद्युत् लगानी तथा विकास कम्पनीले आयोजना निर्माणमा लाग्ने अनुमानित लागत, आन्तरिक स्रोतको व्यवस्थापन र ऋण व्यवस्थापनको प्रारम्भिक खाका प्रस्तुत गरेको थियो ।

मन्त्री पुनले गत वैशाख २५ गते सार्वजनिक गरेको ऊर्जा तथा जलस्रोत क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रसहितको श्वेतपत्रमा हरेक नेपालीलाई जलविद्युत् आयोजनाको मालिक बनाउने उल्लेख गरेका थिए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x