Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

११ बटा अन्तराष्ट्रिय गन्तव्यहरुमा उडान भर्ने निगमको तयारी, वार्षिक रु ६ अर्ब आम्दानी गर्ने लक्ष्य

११ बटा अन्तराष्ट्रिय गन्तव्यहरुमा उडान भर्ने निगमको तयारी, वार्षिक रु ६ अर्ब आम्दानी गर्ने लक्ष्य

काठमाडौ,२६असार ।  नेपाल वायुसेवा निगमले सुविधा सम्पन्न वाइड वडी ल्याएसँगै अन्तराष्ट्रिय उडान विस्तार गर्ने तयारीमा जुटेको  छ । यही असार १४ गते निगमले पहिलो ‘वाइड बडी’ जहाज भित्र्याएको थियो ।निगमले भर्खरै ल्याएको नयाँ वाइड वडी र आगामी तीन हप्ता भित्र आइपुग्ने भनिएको अर्को वाइड वडी जहाजबाट गरी अब ११ बटा अन्तराष्ट्रिय गन्तव्यहरुमा उडान गर्ने तयारी गरेको हो ।

निगमको तालिकाअनुसार हाल आठ गन्तव्यमा उडान गरिरहेको छ । नयाँ जहाजपछि थप तीन गन्तव्य जापान, दक्षिण कोरिया र साउदी अरेबियामा निगमको जहाज उड्नेछन् । यस्तै भारत र चीनमा केही शहर र म्यानमार, श्रीलंका, भियतनामलगायत देशमा पनि उडान गर्ने निगमको तयारी छ । निगमले सन् २०१९ भित्र थप दुई वटा न्यारो बडी जहाज भित्र्याउने र छिमेकी देशका मुख्य शहरमा उडान गर्ने लक्ष्य राखेको छ । यसबाट मलेसिया र अरव मुलुकमा आवजजावत गर्ने कामदारहरुमात्र नभइ विदेशी पर्यटकहरुको आगमनमा समेत सहयोग पुग्ने निगमले बताएको छ ।जहाँ नेपाल आउने पर्यटक, त्यहाँ नेपाल वायु सेवा निगम’ भन्ने नाराका साथ सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । दुई वटा वाइड बडी र दुई ‘न्यारो बडी’ जहाजले अन्तर्राष्ट्रिय उडान गर्ने र पर्यटन प्रवद्र्धनमा लाग्ने लक्ष्यका साथ निगमले सो अवधारणा अगाडि सारेको हो ।

कार्यक्रमा निगमका महाप्रवन्धक सुगतरत्न कंसकार आउदो २ बर्ष भित्र ८ बटा विमान र दुइवटा TRUNK खरिद गरि मुलुक भित्र पनि नियमित उडान संचालन गर्ने योजनामा निगम रहेको बताए ।  कसांकारले नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’को रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको, निजी उद्योगी तथा पर्यटन व्यवसायीको समेत निगमसँग त्यस्तै अपेक्षा रहेकाले आफूहरु उक्त योजनामा केन्द्रित भएको जानकारी गराए ।“यूरोप, अमेरिकासम्म निगमको जहाज उडाउने योजना छ । एसियाली मुलुकका गन्तव्य तथा छिमेकी देशहरुमा समेत हामी सेवा उपलब्ध गराउँछौ”–महाप्रबन्धक कसांकारले भने, “नेपाल आउने पर्यटक केन्द्रित मुलुकमा निगमको सेवा पुयाउँछौ ।”आक्रामक रुपमा स्वदेशी तथा विदेशी गन्तव्यमा सेवा पुर्याउने र विदेशी विमान कम्पनीले बोक्दै आएका यात्रुसमेत निगमका विमानमार्फत नै ल्याउने लक्ष्यसमेत लिइएको छ । आन्तरिक गन्तव्यमा खस्किएको बजार समेत उकासेर उपभोक्तालाई प्रभावकारी एवं सहज सेवा दिने लक्ष्य राखिएको छ । विमानस्थल रहेका सबै गन्तव्यमा निगमको जहाज उडाइने छ ।

महाप्रबन्धक कसांकारले आन्तरिक तथा बाह्य दुवै गन्त्वयमा सेवा दिने र निगमको आर्थिक स्वास्थ्यमा समेत गुणस्तरीय सुधार गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । निगमले करिब रु २४ अर्ब लागतमा दुई वाइड बडी जहाज खरिद गरेको हो । त्यसमध्ये एउटा जहाज आइसकेको छ भने अर्को आउने क्रममा छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण सहयोगमा ती जहाज खरिद गरिएको हो । यसअघि ल्याइएका दुई वटा न्यारो बडी जहाजको पनि निगमले कर्मचारी सञ्चय कोषलाई नियमित रुपमा ऋण तिरिरहेको छ ।

यसका साथै निगमले आन्तरिक बजार विस्तारका लागि पनि योजनाबद्ध प्रयास गर्ने भएको छ । बजार हिस्सा बढाउने र आगामी दुई वर्षभित्र थप आठ विमान भित्र्याउने लक्ष्य लिएको छ । निगमले हाल मुलुकका २३ गन्तव्यमा जहाज उडाइरहेको छ । निकट भविश्यमा नै रुम्जाटार, साँफेबगर, चौरजहारीमा सेवा दिने लक्ष्य राखेको छ । निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान शुरु गरेपछि वार्षिक रु छ अर्ब आम्दानी गर्ने लक्ष्य राखेको छ । आम्दानी बढाएर आर्थिक स्वास्थ्यसमेत मजबूत बनाउने निगमको तयारी रहेको पत्रकार सम्मेलनमा निगमका महाप्रबन्धक कसांकारले जानकारी गराए ।

 

 

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x