Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल/ मट्टितेलको प्रतिलिटर १ रुपैयाँले घट्यो

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल/ मट्टितेलको प्रतिलिटर १ रुपैयाँले घट्यो

काठमाडाैं, १६ भदाै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार बिहानदेखि लागू हुनेगरी निगम पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रूपैयाँ घटाएको हो ।

आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ३७ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ ।

निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः एक सय ६०.५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः एक सय ५१.५०, एक सय ५३ र एक सय ५४ तोकेको छ ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर एक सय ३२ रूपैयाँ कायम गरिएको छ भने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार पाँच अमेरिकी डलर तोकिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x