नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच सम्झौता
काठमाडाैं, १८ भदाै । नेपाल एसबिआई बैंक लिमिटेड र बुद्ध एयर प्रालिबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८ ५ सम्म छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पण्डा र बुद्ध एयरका संचालक रुपेश जोशीले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा बैंकका सल्लाहकार, छपिराज पन्त, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक प्रबिन मुनि बज्रचार्य लगायतको उपस्थिति थियो ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।