चेक बाउन्समा दुई वर्षसम्म कैद सजाय दिने सहमति
काठमाडाैं, २३ भदाै । आइतबार अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलमा चेक बाउन्समा एक महिनादेखि दुई वर्षसम्म कैद सजाय दिने सहमति भएकाे छ ।
संशोधन विधेयकमा सहमति भएसँगै चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुनेछ ।
छलफलमा बोल्दै समिति सभापति सन्तोष चालिसेले चेक अनादर प्रमाणित भएमा पाँच प्रतिशत जरिवाना हुने सहमति रहेको तर्क राखे । १५ लाखभन्दा तलका चेक बाउन्समा कैद सजाय नहुनु पर्ने सांसदहरुको माग रहेको छ ।
छलफलमा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले समितिमा विधेयकमा विषयमा भएको दफावार छलफलबाट आउने निष्कर्षलाई सरकारले स्वीकार गर्ने बताए ।चेक अनादरको प्रवृत्ति बढ्दै गएको र यसलाई नियन्त्रण र निरुत्साहित गर्न जरुरी रहेको उनकाे भनाइ छ ।