Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अनलाइन भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत भ्याट रकम फिर्ता

अनलाइन भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत भ्याट रकम फिर्ता

काठमाडाैं, २५ भदाै । रेस्टुरेन्ट, बार र सबै प्रकारका होटल, लज तथा लजमा अनलाइन माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले भुक्तानी गरेको मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम फिर्ता दिनुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को व्यवस्था अनुसार सूचना जारी गर्दै कानुनी व्यवस्थाअनुसार उक्त रकम बैंक खातामा जम्मा हुने व्यवस्था गर्न निर्देशन दिएको हो ।

विभागले भ्याटको १० प्रतिशत फिर्ता हुने सेवाहरूको सूची सार्वजनिक गरेको छ । त्यसमा बार, रेस्टुरेन्ट, सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवा समावेश छन् ।

मूल्य अभिवृद्धि करमा दर्ता भई विभागबाट विद्युतीय बीजक जारी गर्ने करदाता यस प्रणाली आबद्ध हुन सक्ने भनिएको छ ।

adf-1725864879.jpg

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x